Logo

श्रीलंकामा यसकारण जनताले सुरक्षा घेरा तोडेर राष्ट्रपतिलाई भगाए (भिडियोसहित)



काठमाडौं, २५ असार । राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे राज्यमन्त्री । परिवारमा जो जो उमेर पुगेका थिए तीमध्ये अधिकांश मन्त्री । सन् २०२० को घटना हो यो ।

श्रीलंका भनेकै राजापाक्षे परिवार जस्तो सन्देश गयो । लोकतन्त्रका नाममा परिवारवाद । लोकतन्त्रका नाममा मनपरीतन्त्र । श्रीलंकामा यो हदसम्मको अवस्था बन्यो । श्रीलंका चरम आर्थिक संकटमा फस्यो अनि जनताले विद्रोह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot