Logo

एसएसपीमा ३२ एसपी बढुवा सिफारिस



काठमाडौं, असार २६ । नेपाल प्रहरीको बढुवा समितिले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ।

शनिबार बसेको बढुवा समितिको बैठकले प्रतिस्पर्धी चार ब्याचमा भर्नामा भएका ५८ जना एसपीमध्येबाट अघिल्ला तीन ‘ब्याच’का ३२ जनालाई बढुवामा सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ अनुसार एसएसपी बढुवाका लागि एसपीमा बढुवा भएको ४ वर्ष पुगेका उम्मेदवारहरू योग्य मानिन्छन्।

जसअनुसार २०५१ मा भर्ना भएका २ जना, २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा भर्ना भएर २०५८ मा नेपाल प्रहरीमा समायोजन भएका १८ जना, २०५४ मा भर्ना भएका १६ जना र बाँकी २२ जना २०५६ मा भर्ना भएर हाल एसपी रहेकाहरू प्रतिस्पर्धी रहेका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot