Logo

तरूण दलका अध्यक्ष विद्धान गुरुङको दौडधुप, आज उपसभापति धनराज र पूर्व महामन्त्री सिटौलासँग भेटवार्ता



काठमाडौं, २७ असार । तरुण दलका अध्यक्ष विद्धान गुरुङको दौडधुप बढेको छ । आज (सोमबार) उनले पार्टीका उपसभापति धनराज गुरुङ र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । उक्त भेटमा तरुण दल बिस्तारसम्बन्धी गहन छलफल भएको जनाईएको छ ।

नजिकिँदै गएको प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन भातृ संगठनहरुको प्रमुख भूमिका रहने भएकोले विवादरहित समिती निर्माण गर्नुपर्ने द्वय नेताहरुले सुझाव रहेको जनाईएको छ । उक्त भेटमा अध्यक्ष गुरुङले सबैलाइ मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot