काठमाडौं, २७ असार । नेकपा (एमाले) को भातृ संगठन युवा संघले लाइसेन्स वितरण छरितो गर भन्दै प्रदर्शन गरेको छ । यातायात कार्यालय, एकान्तकुना पुगेर आज युवा संघका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रदर्शनको क्रममा ‘ढिलासुस्ती अन्त्य गर, छरितो रुपमा लाइसेन्स वितरण गर’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको नेतृत्व भने संघका अध्यक्ष किरण पौडेलले गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम