Logo

एसईईको नतिजा साउनको पहिलो साता



काठमाडौं, २८ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउनको पहिलो साता प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षदेखि प्रदेश सरकारलाई विद्यार्थीहरुको प्राप्ताङ्क अपडेट गर्न अधिकार दिएको होे ।

सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका संकलनमा समय धेरै लागेकोले नतिजा प्रकाशन गर्न ढिलाई भएको एसईई परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

बोर्डले एसईईको परीक्षा गत बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot