काठमाडौं, असार ३० । आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।
सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल हुँदै आएको छ ।
सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् ।
केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि आजको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको हो । बुधबारसम्म ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् ।