Logo

को हुन् चीनकी सरला



काठमाडौं, ३० असार । नेपाली नाम सरला र वास्तविक नाम चेङ योउया । नेपाली भाषा राम्ररी बोल्न र लेख्न सक्ने चेङले नेपाली नाम सरला राखेकी हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा समेत अध्ययन गरेकी उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागकी सदस्य हुन् । नेपाल मामलामा उनी जानकार पनि छिन् ।

चिनियाँ अन्तर्राष्ट्रिय विभागका प्रमुख लिय जियान्चाओको नेतृत्वको नेपाल भ्रमण गर्ने टोलीमा थिइन् चेङ । भ्रमण टोली चीन फर्किएपनि चेङ नेपालमै छिन् । उनी अर्को सातामात्र फर्कने बुझिएको छ ।

चेङले लिउसहितको टोलीको प्रधानमन्त्री शेरबहादुर देउवा, शिर्ष नेताहरु केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथखनालका अलावा अन्य भेटहरुमा अनुवादकको भूमिका खेलिन् । नेपाली नेताहरुले नेपालीमै बोले । चिनियाँ नेताले चिनियाँ भाषामा बोले ।

चेङ नेपाली नेताहरुसँग पनि नियमित सम्पर्कमा रहने गरेकी छिन् । उनले विशेषगरी कम्युनिस्ट पार्टीका शिर्ष देखि दोस्रो तहका नेताहरुसँग कुराकानी गर्दै आएकी छिन् । भ्रमण टोली फर्किएपनि चेङ नेपाल बसेर महत्वपूर्ण भेटहरु गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot