Logo

उपसभामुखको लागि मतदान प्रक्रिया सुरु



काठमाडौं, ३१ असार । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ ।

उपसभामुखको लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसकी भुसाललाई गठबन्धनसहित लोसपाको पनि समर्थन रहेको छ । लोसपाको प्रतिनिधि सभामा १३ सांसद रहेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको हो ।  शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् ।

एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot