Logo

कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड



काठमाडौँ,४ साउन । राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भने ।

अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सुशासनका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याएका थिए । सदस्य उदयबहादुर बोहराले कृषि प्रधान देश नेपालले केही दशक अगाडि खाद्य वस्तु निर्यात गर्ने गरेकामा अहिले अधिकांश वस्तु आयात गर्नुपर्ने स्थिति दुःखद भएको बताए ।

सदस्य विमला राईले बजेट निर्माणका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । सदस्य महेश महराले अर्थतन्त्रमा सङ्कुचन आइरहेको बेला विशिष्ट व्यक्ति तथा उच्च तहका कर्मचारीहरुको सरकारी सुविधा कटौती गर्न माग गरे ।

बैठकको शून्य समयमा सदस्य नरबहादुर विष्ट काठमाडौँ महानगरपालिकाको फुटपाथका व्यापारीलाई करको दायरामा ल्याएर व्यवसाय गर्न दिनुपर्ने विचार व्यक्त गरे । बैठकको शून्य समयमा सदस्यहरु भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर लगायतले बेरुजुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot