काठमाडौं, ५ साउन । पशुपतिमा साउन महिना पारेर अतिरुद्री महायज्ञ चलिरहेको छ । महायज्ञमा सुनसरीको चतरास्थित सिद्धबाबाको उपस्थिति रहँदै आएको छ । उनको नाममा खोलिएको प्रतिष्ठान पनि आयोजक हो । महायज्ञमा त्यहाँ देशका प्रभावशाली नेताहरु दैनिकजसो पुगिरहेका छन् ।
बिहिबार विहानै नेपाली काँग्रेसका प्रभावशाली नेताहरु प्रकाशमान सिंह र विमलेन्द्र निधि एकसाथ महायज्ञस्थलमा पुगेका थिए । उनीहरु सँगै बसेर फलाहार पनि गरे । दुवैले सिद्धबाबाबाट आशिर्वाद पनि लिए ।
सिंह र निधि काँग्रेसभित्र धर्मनीरपेक्षका पक्षपाती हुन् । निधिले त धर्मनीरपेक्षको पक्षमा बोल्दा भक्तपुरमा कार्यकर्ताले नै विरोध गरेका थिए ।
सिद्धबाबालाई भेटी महायज्ञस्थलमा सिंह र निधि दुवैले आशिर्वाद लिनुलाई चासोका साथ हेरिएको छ । सिद्धबाबामाथि जिल्ला अदालत सुनसरीमा बलात्कारको मुद्दा विचाराधीन छ । उनीमाथि एकजना भक्तले बलात्कारको आरोप लगाएकी छिन् ।
यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री शेरबहादुर कुँवर पनि महायज्ञ उदघाटनमा देखिएका थिए ।