Logo

१८ कर्मचारीलाई हाजिर गर्न दिइएन, ६ जना हटाइए



काठमाडौं, साउन ७ । राजनीतिक भर्ती केन्द्र बनेको धरान उपमहानगरपालिकाले मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निर्वाचित भएपछि भने कर्मचारी कटौती गर्न थालेको छ।

विगतमा मेयरहरूले आफ्ना कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको उपमहानगरपालिकाले असार मसान्तपछि १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिएको छैन। धरान खानेपानी व्यवस्थापन बोर्डका ६ कर्मचारीलाई हटाइएको छ। मेयर साम्पाङले काम नगर्ने कर्मचारीहरूलाई हटाउने अभिव्यक्ति दिँदै आएका थिए।

नगरपालिकामा हाजिर गर्न नदिइएका १८ जनामध्ये आठजना प्राविधिकतर्फका करार कर्मचारी छन्। अन्य १० जना भने २०७४ सालपछि निर्वाचित भएका मेयरहरूकै पालामा राजनीतिक रूपमा भर्ती भएकाहरू हुन्। उपमहानगरले हाजिरी खातामा सूचना टाँसेर ती १८ जनालाई हाजिर गर्न रोक

लगाएको छ। असार मसान्तसम्म करार अवधि रहेको र उनीहरूबारे थप निर्णय नभएकाले हाजिर गर्न नदिइएको नगरपालिका स्रोतले जनाएको छ। मेयर र उपमेयरले निर्णय लिएपछि मात्र उनीहरूको करार अवधि नवीकरण हुने वा नहुने भन्ने प्रस्ट हुने पनि एक अधिकृतले बताए। राजनीतिक रूपमा भर्ती भएकाहरूलाई नहटाउन र करार अवधि थप गर्न नेपाली कांग्रेस, नेकपा एमालेको ठुलो दबाब छ।

प्राविधिकतर्फका आठजनाबाहेक अन्य १० जना तत्कालीन स्वर्गीय मेयर तारा सुब्बा, उनको निधनपछि कार्यवाहक मेयर मञ्जु भण्डारी र उपनिर्वाचनबाट मेयरमा निर्वाचित तिलक राईका पालामा राजनीतिक भर्ती भएकाहरू हुन्।

धरान खानेपानी व्यवस्थापन बोर्डले पनि काम नगर्ने ६ कर्मचारीलाई हटाएको छ। हटाइएकाहरू सहायकस्तर चौथो तहका करार कर्मचारी हुन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot