Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची



काठमाडौं, साउन ८ । संघीय संसद् प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ ।

त्यस्तै, कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

आजै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव पनि बैठकमा पेस हुने कार्यसूची रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot