Logo

प्रतितोला पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ



काठमाडौं, साउन ८ । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भार प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot