Logo

झापामा तीन चेलीको हत्या कि आत्महत्या



काठमाडौं, ८ साउन । बयरको रुखमा एकाविहानै तीन चेली झुण्डिएको फेला परेपछि झापा शोकमग्न छ । किशोरावस्थाका तीन चेली सँगी थिए । चीया बगानमा काम गर्थे ।

कचनकवल गाउँपालिका ५ स्थित पठामारीको बेल्लेगाउँस्थित सुनकोशी चीया बगानमा काम गर्ने उनीहरु योजनावद्ध तरिकाले आफै झुण्डिए या हत्या गरिए ? यसको अनुसन्धान भइरहेको छ ।

शनिबार बिदा भएकाले उनीहरु घुम्न जाने भन्दै घरबाट निस्किएका थिए । तर, राति नफर्किएपछि खोजी भयो । विहान मात्र झुण्डिएको खुल्यो ।
चेलीहरुमा १७ वर्षीया अञ्जली गणेश र १६ १६ वर्षका करिना गणेश र कल्पना गणेश छन् । उनीहरु आफन्तहरु हुन् ।



प्रतिक्रिया दिनुहोस्