Logo

भीम रावलद्वारा भारतको ‘अग्निपथ’ योजनामा नेपाली भर्तीको विरोध



काठमाडौं, ८ साउन । नेकपा एमालेका नेता डा. भीम रावलले भारतको सैनिक क्षेत्रमा ल्याइएको अग्निपथ योजनामा नेपाली गोर्खा भर्तीको विरोध गरेका छन् । उनले आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै अग्निपथमा गोर्खा भतीको विरोध गरेका हुन् ।

रावलले अग्पिथ योजनामा नेपालीलाई भर्ती गर्न खोजिए गोर्खा सैनिक भर्ती सन्धी नै खारेज गर्नुपर्ने बताए । ४ वर्षका लागि सेवामा लिएर बिदा दिने योजनाले नेपाली युवाहरुलाई समस्यामा पार्ने उनको तर्क थियो ।

भारतको सैनिक क्षेत्रमा अग्पिथ योजना ल्याइएको छ । जसमा ४ वर्ष सैनिक सेवामा युवाहरु रहनेछन् । त्यसमध्ये निश्चित प्रतिशतले मात्र सेनामा प्रवेश पाउनेछन् भने बाँकी बिदा हुने प्रावधान राखिएको छ । यसको भारतमा समेत विरोध भएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्