Logo

एन्फामा पदको लागि कसैलाई दबाब र अनुरोध नगरेको गौरब थापाको स्पष्टोक्ति



काठमाडौं, ११ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)का पुर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापाले एन्फामा नियुक्ति लिन कसैलाई अनुरोध नगरेको टिप्पणी गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै थापाले एन्फामा नियुक्ति लिन कसैलाई दबाब र अनुरोध नगरेको स्पष्ट पारेका हुन् ।

गणेश थापाले छोरालाई सिइओ वा उपमहासचिव बनाउन दबाब दिएको समाचारको बारेमा गौरवले आफ्नो धारणा राखेका हुन् ।

गौरवले विज्ञप्तीमा पदको लागि आफुले कसैलाई अनुरोध नगरेको बरु वर्तमान अध्यक्ष र महासचिवले नै आफ्नो नाम प्रस्ताव गरेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन्, अहिले पनि छन् । म फुटबलको एउटा व्यावसायिक व्यक्ति हु र नेपाली फुटबलका लागि आवश्यक पर्दा आफ्नो क्षमताअनुसार योगदान गर्न कहिल्यै पछि पर्ने छैन् ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot