Logo

चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको घोषणा-अब सबै वडामा प्लस टु कलेज स्थापना गर्छौं



बखतियार अलि, सर्लाही, ११ साउन । सर्लाहीको चन्द्रनगर गाउपालिकाका सबै वडाहरुमा प्लस टू क्याम्पस स्थापना गर्ने गाउपालिका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रममा बताएका छन् । सबै वडामा कक्षा १२ सम्म पढाई हुने क्याम्पस निर्माण भएपछि स्नातक र स्नातकोत्तरसम्मको समेत पढाई हुने क्याम्पस पनि चन्द्रनगरमा संचालन गर्ने हाम्रो योजना रहेको महतोको भनाई छ । चन्द्रनगर गाउपालिका वडा नम्बर ५ मोहनपुरमा रहेको श्री अरनिको जनता आधारभुत बिधालयमा स्थानीय जनताहरुसंग भएको छलफलमा अध्यक्ष महतोले यस्तो बताएका हु्न् ।

उनले आफ्नो पाँच वर्षको कार्यकालमा चन्द्रनगर गाउपालिकालाई शिक्षाको हब बनाउने लक्ष्य रहेको सुनाए । उनले भने,‘यस पालिकाका गरिब जेहेन्दार बिधार्थीहरुलाई अहिले दुःख गरेर अन्त्यै गएर उच्च शिक्षा आर्जन गर्नुपर्ने बाध्यता छ । आउने समयमा यो पालिकामा रहेका बिधार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्न सर्वसुलभ पायकपर्ने आफनै गाउँटोलमा सबैखाले शिक्षा पाउन भनेर पलस टू क्याम्पस वडापिच्छै निर्माण गर्ने मेरो लक्ष्य छ ।’

चन्द्रनगर गाउपालिका वडा नम्बर–५ मोहनपुरमा भएको शिक्षा विकाससम्बन्धी छलफलमा गाउपालिकाका शिक्षित, बुद्धिजिवी र नागरिक समाजका अगुवाहरुले पालिका अध्यक्ष महतोको राम्रो विचार भन्दै उक्त भीजन लागु गराउन सहयोग गर्ने विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot