Logo

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय



काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर तत्काल नबढाउने भएको छ ।

बैंकले मौद्रीक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहहरुले निक्षेप ब्याजदर बदल्न सक्ने व्यवस्था गरेको छ ।

यसअघिको १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि संघले आज पुर्ण बैठक बोलाएको हो । त्यस्तै, संघले भदौका लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति पनि गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot