Logo

उपत्यकाको फोहोर बोकेका गाडी तोडफोड



काठमाडौं, २४ साउन । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीमाथि तोडफोड भएको छ । सिस्डोल बन्चरेडाँडा सडकखण्डको आलेटार भन्ने स्थानमा फोहोर बोकेर गएका गाडीमाथि अज्ञात समुहले तोडफोड गरेका हुन् ।

तोडफोडबाट १४ वटा गाडी र ३ वटा डोजरमा क्षति भएको स्रोतले जनाएको छ । सिस्डोलबासीले सरकारसँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेदेखि उपत्यकाको फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot