Logo

चीन भ्रमण फलदायीः परराष्ट्रमन्त्री



काठमाडौं, साउन २६ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन दिने चीन भ्रमण पूरा गरी बिहीबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउदै नेपाली भूमि चीनविरुद्धको कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने विश्वास दिलाएको बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन गर्ने र नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिएको उनको भनाई छ ।

परराष्ट्रमन्त्री खड्का तीन दिने भ्रमणका लागि मंगलबार राति चीन प्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्