सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्ने उद्देश्य
काठमाडौं, २९ साउन । नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले थप तीन शाखा विस्तार गरेको छ । भायोनेटले सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको हो ।
आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्दै आएको भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्व–साधारण पनि लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन्।
सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ ।
साथै, यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ अनि घोराही सर्भिस सेन्टर भने बी.पी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा खोलिएको छ त्येस्तै भायानेट तुलसीपुर को सर्भिस सेन्टर मनपुर रोड एन आई सी एशिया बैंक नजिकै खोलिएको कम्पनीले जनाएको छ ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१ः२०१५ प्रामाणिक कम्पनी हो।
भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।