Logo

रायमाझीले गरे राष्ट्रपति भण्डारीको निर्णयको स्वागत



काठमाडौं, ३० साउन । राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले नागरिकता संशोधन विधेयक संसदमा फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

रायमाझीले संसदका दुबै सदनबाट बहुमतले पारित उक्त विधेयकलाई प्रमाणीकरण नगरीकन भण्डारीले पुनर्विचारको लागि आइतबार फिर्ता पठाएकोमा खुशी व्यक्त गर्दै वक्तव्य जारी गरेका हुन् ।

उनले वक्तव्यमा लेखेका छन्,‘लामो समयदेखि विवादित बन्दै आएको नागरिकता संशोधन आफै त्रुटिपूर्ण रहेको देखिँदा जबर्जस्ती राष्ट्रपतिबाट प्रमाणीकरण लालमोहर लगाउन जुन राजनीतिक दलहरुले सत्ता टिकाउने अस्त्रका रूपमा प्रयोग गर्दै आएका थिए । यो विधेयक पारित भएमा नागरिकता लिन नेपाली नागरिकलाई भन्दा विदेशीलाई सजिलै प्राप्त गर्न सक्ने बाटो खुला हुन्थ्यो।’

उनले अगाडी लेखेका छन्,‘राजनीतिक दलहरुले यसलाई विवाद गर्नुभन्दा राष्ट्रपतिको अधिकार प्रयोग गरेकोमा उहाँप्रति कृतज्ञ हुनुपर्दछ। नागरिकता जस्तो अतिसंवेदनशील र राष्ट्रिय सरकारको विषयमा राजनीतिक दलहरुले गैह्र जिम्मेवार हुनु हुँदैन थियो। तर यसलाई ठुलो उपलब्धि र सफलताको रुपमा प्रस्तुत गर्नु पनि उपयुक्त हुनेछैन् । यो प्रणाली नै असफल भएको परिणामको रुपमा बुझ्नुपर्ने जरुरी छ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot