Logo

आज साउन महिनाको अन्तिम सोमबार, ब्रत समापन गरिँदै



काठमाडौं, साउन ३० । आज साउन महिनाको अन्तिम सोमबार देशभर शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । काठमाडौंको पशुपतिनाथमा खास गरि बोलबम तीर्थालुहरुले सुन्दरीजलबाट ल्याएको जल चढाउने गर्दछन् भने महिलाहरुले सोमबारको पुजा आजा गर्ने गर्दछन् ।

सोमबारे ब्रत बसेका महिलाहरु आज शिव मन्दिरमा गएर पूजाआजा गरी एक महिने ब्रत समापन गर्दैछन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेका थिए ।

आज काठमाडौं उपत्याकाका पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, गुल्मीको रेसुङ्गा, पाल्पाको सिद्धबाबा, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्यादिको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट सहित देशैभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ ।

विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot