Logo

जसपाका नेताहरुको जिम्मेवारी हेरफेर



काठमाडो., ३ भदौ । जनता समाजवादी पार्टीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ । डा.बाबुराम भट्टराई पार्टीबाट बाहिरिएपछि नेताहरुको नयाँ कार्यविभाजन गरिएको हो ।

साथै, जसपाले विभिन्न विभागहरु समेत गठन गर्दै सातैवटा भौगोलिक तथा अन्य जातिय प्रदेशगरी २० प्रादेशिक इन्चार्ज सहइन्चार्जहरु पनि तोकेको हो । २ दिन सम्म बसेको बैठकले चुनाव केन्द्रीत भएर जिम्मेवारीमा हेरफेर गरेको हो ।

पार्टीले संगठन विभाग प्रमुखमा रामसहाय प्रसाद यादवलाई तोकेको छ भने उपप्रमुखमा कैलाश प्रसाद यादव, रञ्जु ठाकुर र खगेन्द्र माखिमलाई नयाँ जिम्मेवारी दिएको छ। त्यस्तै, सदस्यहरुमा आर.सी.लिम्बु, अशोक कुमार यादव, अशेश्वर प्रसाद सिंहलगायत १५ जना चयन भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot