Logo

अब सि–आश्वा शुल्क घट्ने



काठमाडौं, ६ भदौ । अब सि–आश्वा शुल्क घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको हो ।

आईपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी बोर्डको बैठकमा प्रस्ताव राखिएको स्रोतले जनाएको छ । ५ रुपैयाँ मध्ये १ रुपैयाँ सिडियस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।

हालसम्म सार्वजनिक निष्कासनमा सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ शुल्क लिदै आएका थिए । जसमध्ये सिडियसले २ रुपैयाँ र धितोपत्र विक्रि प्रबन्धकले १० रुपैयाँ लिने र अन्य बाँकी शुल्क सि–आश्वा सदस्यले प्राप्त गर्दै आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्