Logo

इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्ने



एजेन्सी, ६ भदौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्छन् । खानविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत वारेन्ट जारी गरिएको छ । अगस्ट २० मा इस्लामावादको एक ¥यालीमा इमरानले महिला न्यायाधीश र प्रहरी अधिकारीहरूलाई खुलेआम धम्की दिएका थिए।

यसैबीच, इमरानको पार्टी पीटीआईको कानूनी टोलीले खानलाई गिरफ्तार गर्नुअघि इस्लामावाद उच्च अदालतमा जमानतको निवेदन दर्ता गरिसकेको छ । जियो न्यूजलाई उद्धृत गर्दै न्युज एजेन्सी दैनिक भाष्करको अनुसार निवेदनमा इमरान खानको कुनै आपराधिक रेकर्ड नभएको र उनी कहिल्यै कुनै अपराधमा दोषी नठहरिएको उल्लेख गरिएको छ ।

खानका समर्थकहरु उनको घरबाहिर जम्मा भएका छन् । प्रहरीले उनको बंगला जाने बाटोमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा तत्काल प्रतिबन्ध लगाएको छ। प्रहरीले पनि कानुनी कारबाही अगाडि बढाएको छ । मिडिया रिपोर्टका अनुसार रेंजर्सलाई अलर्टमा राखिएको छ।

एजेन्सीका अनुसार खानले संविधानको धारा १९को उल्लङ्घन गरेका छन् । इमरान खानले देशको सेना, प्रहरी र न्यायपालिकामाथि लगातार आधारहीन आरोप लगाइरहेका छन् । उनको भाषणले घृणा फैलाइरहेको उनीहरुको आरोप छ ।

रिपोर्टका अनुसार इमरान खानलाई ३ वटा नोटिस दिएपछि पक्राउ गर्ने अन्तिम निर्णय हुनसक्छ । उनलाई दोस्रो सूचना शुक्रबार दिइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot