Logo

डरत्रास देखाई जबरजस्ती करणी गर्दा…



काठमाडौं, ६ भदौ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन् । करणी गरेको अभियोगमा ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot