Logo

महाअभियोग सिफारिस समितिको बैठक बस्दै



काठमाडौं, भदौ ७ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

बैठकमा भदौ १ गतेको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाइएको छ । समितिको पहिलो बैठकमा पनि सभापतिको विषय उठेको थियो ।

समितिले प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी साउन २२ मा पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्