Logo

जुवा खेल्ने १८ जना पक्राउ



काठमाडौं, ८ भदौ । काठमाडौं र पोखराबाट जुवातास खेल्ने १८ जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार २ सय ५० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, पोखरा महानगरपालिका–१० उत्तम चोकबाट लुडो खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३६ वर्षीय श्याम श्रेष्ठ समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ४ हजार ५ सय रूपैयाँ बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्