Logo

राष्ट्रपति भण्डारी राजीनामा दिने मुडमा, सैनिक अधिकारीहरुसँग परामर्श !



काठमाडौं, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी राजीनामा दिने मुडमा पुगेको चर्चाले राजनीति तातिएको छ । नागरिकता विद्येयको कारण उनी राजीनामा दिनेगरि आन्तरिक परामर्शमा जुटेको बताईएको छ । यसअघि राष्ट्रपति भण्डारीले विद्येयक फिर्ता गरेकी थिईन् ।

तर, प्रतिनिधिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विद्येयक हुबहु प्रतिनिधिसभाबाट पारित गरेपछि उनी राजीनामा दिनेगरि आन्तरिक छलफलमा जुटेको बताईएको छ । राष्ट्रपति भण्डारीले राजीनामा दिन लागेकोबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सुईँको पाएको र उनले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् ।

राष्ट्रपति भण्डारीले राजीनामा दिने मनशायले सैनिक उच्च अधिकारीसँग छलफल गरेको बताईएको छ । नागरिकता विद्येयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि विरोध जनाएको छ ।

संसद्मा भएको मतदानमा एमालेले विपक्षमा मतदान गरेको थियो । एमालेले नागरिकता विद्येयकमा अंगीकृतको सवालमा भारतमा जस्तै नेपालमा पनि विवाह गरेर आउने महिलालाई ७ वर्षको प्रावधान राखेर नागरिकता दिनुपर्ने अडान राखेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot