Logo

नेविसंघको पुर्णताका लागि खवरदारि गर्न विद्यार्थी नेता भट्टको आव्हान



काठमाडौं, १२ भदौ । नेपाल विधार्थी संघको बैधानिक पूर्णताका लागि देशभरि खवदारी गर्दै अन्यायका बिरुद्ध आवाज उठाउन विद्यार्थी नेता ई.भुवन भट्टले आव्हान गरेका छन् ।

उनले काँग्रेसले देशभरि सञ्चाल गरेको “जनताको साथमा काँग्रेस“ अभियानमा जिल्ला–जिल्लामा पुगेका पार्टीका केन्द्रीय प्रतिनिधिहरुलाई प्रश्न गर्न र खवरदारी गर्न आव्हान गरेका हुन् ।

नेता भट्टले सामाजिक सञ्जाल मार्फत बिपि कोइरालाले स्थापना गरेको पार्टीका नेता,कार्यकर्ताले अन्यायविरुद्ध आवाज उठाउदै सच्चा सिपाइहरु मैदानमा उत्रने बेला आएको भन्दै खवरदारीका लागि आव्हान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,

‘काठमाडौ बाहिर रहनुभएका नेविसंघका साथीहरुलाई आह्वान !
अन्यायका विरुद्ध बालौ! पार्टिका सच्चा सिपाइको परिचय दिऔ !

ने.वि.संघको वैधानिक पूर्णताका लागि देशभरबाट खबरदारि गरौ ।

अहिले “जनताका साथमा कांग्रेस“ भन्ने नारा सहित नेपाली कांग्रेसका प्रतिनिधिहरु जिल्ला जिल्ला पुग्नुभएको छ। पार्टीको कार्यक्रममा पार्टीका प्रतिनिधि र पार्टीका शिर्ष नेताहरुलाई भ्रातृ संघ कहिले पुर्ण हुन्छ? भन्ने प्रश्न रहेको प्ले कार्ड देखाउनुस् र बिद्रोहको सन्देश उहाँहरु मार्फत काठमाडौसम्म पठाउनुस्। आज संगठनले तपाईं, हामिबाट ने.वि.संघको अस्तित्व रक्षाका लागि बिद्रोहको अपेक्षा गरेको छ ।

नेविसंघको मसाल उठाएर पार्टीभित्रै बिद्रोह गरौँ । प्रश्न सोध्नु पनि बिद्रोह हो, प्रश्न गरौँ! खबरदारि गरौ ! कार्यकर्ता लोभ र डर भन्दा माथी उठे पार्टी बलियो हुन्छ। त्यसैले बोलौँ।

महामानव विपि कोइरालाले स्थापना गर्नुभएको पार्टिमा विपि कोइरालाले भन्नुभएको कुरा व्यवरहारमा लागू गरौ! अन्यायका बिरुद्ध बोल्ने र आवाज उठाउनेहरुनै पार्टिका सच्चा सिपाई हुन्! सच्चा सिपाईहरु मैदानमा उत्रने बेला भयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot