Logo

एनसेलको नेटवर्क र एपमा समस्या हुँदा लाखौं सेवाग्राही मर्कामा



काठमाडौं, १३ भदौ । सोमबार एनसेलको नेटवर्क र एप दुबै सेवा अबरुद्ध भएको छ ।

आज बिहानैदेखि एनसेलको नम्बरमा समस्या आएको हो । त्यसैगरी, एनसेलको एप पनि अबरुद्ध छ । नेटवर्क र एप नै बन्द भएपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

एनसेलका सिमबाट फोन नजाने, इन्टरनेट नचल्ने, एप नचल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दुरसञ्चार प्राधिकरणले समस्याका बारेमा एनसेलले केही खबर नगरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot