Logo

एमबान स्पोर्टस मिट भदौ १७ देखि



काठमाडौं, १५ भदौ । नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा ‘Together for a Healthy Lifestyle’ भन्ने नारासहित पहिलो पटक “एमबान स्पोर्टस मिट २०२२” (“MBAN Sports Meet 2022”)   अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागीएको छ ।

प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुन गईरहेका छन् ।

उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्र्पधा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।

सो कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु आगामी भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् भने फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापनसहित भाद्र २४ र २५ गतेका दिन चन्डोैल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्