Logo

विमलेन्द्र निधि कहाँबाट चुनाव लड्दैछन् ?



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । पछिल्लो समय उनले धनुषा क्षेत्र नम्बर ३ छोड्ने चर्चा चलिरहेको बेला उनको यस्तो भनाई बाहिर आएको हो । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनको स्पष्टोक्ति थियो ।

जनकपुरधाममा आज (बुधबार) आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्र्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रहसमेत गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot