Logo

कांग्रेसले आरजू राणालाई कैलाली-५ बाट उम्मेदवार बनाउने



काठमाडौं, भदौ १६ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आरजू राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उमेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो । त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फको उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएकी छन् ।

आगामी मंसिर ४ मा प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन् । बुधबार नेपाली कांग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले उमेदवारको नाम सिफारिस गरेको छ ।

बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेशबहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सीताराम राना रहेका छन् ।

यसैगरी, समानुपातिकतर्फ १८ जनाको नाम सिफारिस गरिएको छ । जसमा उद्धवबहादुुर विष्ट, सीताराम राना, गणेशबहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुुमार चौधरी, जमुुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमिला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मीप्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुुुर पुुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot