Logo

गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस



काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने बताइरहेका बेला गोरखा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ।

माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्।



प्रतिक्रिया दिनुहोस्