काठमाडौं, १७ भदौ । राष्ट्रियसभाबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै बहुमतले पारित भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
उक्त विद्येयकमा पूनर्विचार गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी थिईन् । तर, सत्ता गठबन्धनले राष्ट्रपतिको आग्रहलाई बेवास्ता गर्दै दुवै सदनबाट विद्येयक जस्ताको त्यस्तै पारित गरेको छ । राष्ट्रपति भण्डारीले भने अब विद्येयक प्रमाणिकरण गर्नुपर्ने बाध्यता छ ।
तर, यो बीचमा उनले विभिन्न दलका शीर्ष नेताहरुलाई दलगत रुपमा बोलाएर छलफल पनि गरेकी छिन् । कतिपयले भने राष्ट्रपतिले यही विद्येयकको विषयलाई लिएर राजीनामा दिनेसम्मको तयारी गरेको चर्चा गर्ने गरेका छन् ।