Logo

दाहुवाको दशैं अफरः सामाग्री किन्दा दुबई घुम्ने मौका



काठमाडौं, १९ भदौ । नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर “दुबई घुमौं यसपालीको दशैं तिहार“ मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो।

कम्पनीले कुनैपनि ग्राहकहरुले रु.१५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको खरिदमा सो अफरमा सहभागी हुन पाउने छन्। योजना यहि २०७९ भदौ ९ गतेदेखि २०७९ असोज ३१ गतेसम्म खरिद गरिएका दाहुवाका सामग्रीहरुमा मात्र लागू हुनेछ।

यस बाहेक बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर नै खरिद गरौं “दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा” अफर समेत ल्याएको छ । यसअफर अन्तरगत कम्पनीले रु.३ लाख बराबरको खरिदमा २२ इन्चको मनिटर सित्तैमा उपहार दिनेछ भने २ लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहारमा पाईनेछ।

यो अफर योजना लागू भएपछि खरिद गरिएका सामानहरुमा मात्र लागू हुनेछ भने योजना नगद खरिदमा मात्र लागू हुनेछ।
खरिद गरौं दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा अफर अन्तरगतको योजना यहि २०७९ भदौ १७ गतेदेखि २०७९ मंसिर १४ गतेसम्म मात्र लागू हुनेछ।

दुबै अफर अन्तरगतका सम्पूर्ण शर्त तथा नियमहरु बिध म्यानेजमेन्ट प्रालिमा निहित हुनेछ भने दुबई भ्रमणको तालिका समयानुकूल तय गरिनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot