Logo

कांग्रेस काठमाडौं–४ (क) बाट युवा नेता सरिन घिमिरे सिफारिस



काठमाडौं, १९ भदौ । नेपाली काँग्रेसका युवा नेता सरिन घिमिरेलाई पार्टीले काठमाडौँ–४ बाट प्रदेश सभा (क) को प्रत्यक्षतर्फ सिफारिस गरेको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र–४ को प्रतिनिधि सभा कार्यसमितिले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस कोभिड अनुगमन समितिमा रहेर काम गरिसकेका घिमिरे बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिका जानकार उनले अमेरिकाबाट अर्थशास्त्रमा स्नातक गरेका हुन् भने सिंगापुरबाट राजनीतिक अर्थशास्त्रमा स्नात्तकोत्तर गरेका छन् ।

राजनीतिमा बौद्धिक व्यक्तिहरुको आवद्धतामा घिमिरेले जोड दिने गरेका छन् । घिमिरेले नियमित लेखहरु मार्फत आफ्नो विचार प्रस्तुत गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot