Logo

कांग्रेसले बार्गेनिङको लागि १०० सिटको हल्ला गरेको हो, क्षमता भए एक्लै लडे भयो नि त ! : मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, २० भदौ । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले सत्ता गठबन्धनमा सिट बाँडफाँडमा नेपाली कांग्रेसले १०० सिट नमाग्ने दाबी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेससँग एक्लै लड्ने क्षमता भए लडे भयो त भन्दै चूनौति दिए । उनले कांग्रेसले १०० सिटमा दाबी नगर्ने स्पष्ट पारे । उनले ठूलो दलको नाताले आगामी निर्वाचनपछि कांग्रेसबाट नै प्रधानमन्त्री हुनसक्ने सुनाए । तर, राजनीतिमा हरेक सम्भावना रहेको भन्दै माधव नेपालपनि प्रधानमन्त्री बन्नसक्ने उनको दाबी थियो । उनले पाँच दलीय गठबन्धनमा सहमति कायम गरेर नै प्रधानमन्त्री बनाईने स्पष्ट पारे ।

उनले भने,‘अब जसको नाममा सहमति हुन्छ, उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ठोकुवा गरे । उनले एमालेले आगामी निर्वाचनमा अस्तित्व रक्षाको लागि संघर्षरत रहेको टिप्पणी गरे । उनले भने,‘अबको निर्वाचनमा एमालेले दुई÷चार ठाउँ चुनाव जित्यो भने यो नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’

उनले एमालेले समानुपातिकतर्फ मत ल्याएपनि प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दाबी गरे । उनले यो निर्वाचनमा एमालेसँग सहकार्य नहुने पनि स्पष्ट पारे । तर, चुनावपछि सहकार्य हुँदैन भनेर भन्न नसकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot