Logo

शेरजंग गुरुङलाई रिहा गरिदिन गृहमन्त्री खाँणलाई पर्यटनमन्त्री श्रेष्ठको फोन



काठमाडौं, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आफूसँगको भनाभनमा थुनामा परेका भिएफएस ग्लोबलमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले आज अपरान्ह गृहमन्त्री खाँणलाई रिहा गरिदिन आग्रह गरेका हुन् । उनले गुरुङलाई पक्राउ गर्न आफ्नो कुनै हात नरहेको पनि स्पष्ट पारेका थिए । उनले आफ्नो सुरक्षामा खटिएका पिएसओले उजुरी गरेर पक्राउ परेको भन्दै आएका छन् ।

गुरुङ हाल दरबारमार्ग प्रहरी कार्यालयमा थुनामा छन् । उनको रिहाईको लागि चौतर्फी दबाब पनि सुरु भएको थियो । आजैमात्र पुर्व सुरक्षाकर्मी परिषद् नेपालले गुरुङलाई तत्काल रिहा गर्न माग गरेको थियो । उसले मन्त्री श्रेष्ठको राजीनामा समेत माग गरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot