काठमाडौं, २१ भाद्र । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया प्रिमियम र अति किफायती C सिरिज अन्तर्गत् नयाँ नोकिया C21 प्लस सर्वजनिक गरेको छ।
१६ हजार ९ सय ९९ मा उपलब्द यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश गरिएको कम्पनीले जनाएको छ ।
एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्छन्,“उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले C सिरिज निकालेका छौं। उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्र्दै नोकिया ऋद्दज्ञ प्लस डिजाइन गरिएको छ।”
उनले अगाडी भने,“एन्ड्रोइड ११ (Go edition™)मा १३MP HDR-संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु।”
यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ। यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि क्ष्एछद्द–मूल्याङ्कन गरिएको छ।
थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्षा सुनिश्चित गर्दछ । यसले न्यूनतम प्रीलोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ।