Logo

असनको फुटपाथ खाली गर्न निर्देशन



काठमाडौं, २१ भदौ । असन क्षेत्रका फुटपाथको सामान खाली गर्न काठमाडौं महानगरपालिकाले भोलिसम्मको समय दिएको छ । आजदेखि महानगरले फुटपाथमा राखिएका पसलहरु हटाउन सुरु गरेको हो ।

महानगरले मानिसहरु हिड्ने बाटोमा राखिएका विभिन्न किसिमका सामानहरु हटाउन निर्देशन दिएको हो । व्यवसायीहरुले आफैले सामान नहटाए भोलि महानगरको गाडी गएर हटाउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot