Logo

मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंहको नाम सिफारिश



हेटौंडा, २२ भदौ। राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह आगामी निर्वाचनको लागि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिश भएका छन् । राप्रपा मकवानपुरले सिंहलाई मकवानपुर–१ को उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । सिंह जिल्लामै विकासवादी नेताको रुपमा परिचित छन् । उनले सार्वजनिक रुपमै आफूले देश र जनताको हितको लागि काम गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot