Logo

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने, आजै सिट बाँडफाँट टुँग्याउने तयारी



काठमाडौं, २३ भदौ । आगामी निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउनेगरि सत्ता गठबन्धनको बैठक बस्दैछ ।

त्यसअघि सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलले प्रतिवेदन बुझाउने भएको छ।

आज (बिहीबार) अपरान्ह १ बजे बस्ने भनिएको बैठक २ घण्टा सरेर ३ बजे बस्ने तय भएको छ।

अहिले कार्यदलको बैठक जारी छ । गठबन्धनमा सबै दलले सिट संख्याबारे आ–आफ्नो दाबी कायमै राखेकोले सहमतिको लागि समय लागेको हो ।

कांग्रेसले ८६ सिट लिएर सहमति गर्न लागिएको चर्चा छ । तर, कांग्रेस शीर्ष नेताहरुले भने ९० सिटभन्दा तल झर्न नसकिने अडान लिएका छन् ।file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot