Logo

बलत्कारको अभियोग लागेपछि सन्दीपले मुख खोले–नेपालको कानुनप्रति भरोसा राखेर सिपिएल छोडेर आउँदैछु



काठमाडौं, भदौ २४ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले पहिलोपटक मुख खोलेका छन् । आज (शुक्रवार) बिहान सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको भन्दै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कन लागेको बताएका हुन् ।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । यसैबीच अदालतको अनुमतिमा नेपाल प्रहरीले उनीविरूद्ध बिहीबारनै पक्राउ पुर्जी जारी गरिसकेको छ। काठमाडौं जिल्ला अदालतले बिहीबार उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसुरमा सन्दीप माथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै पक्राउ पुर्जी जारी गरेको हो । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot