Logo

त्रिचन्द्र क्याम्पसमा नेपाल बिधार्थि सङघ र प्रहरीबिच ढुंगा हानाहान (फोटोफिचर)



काठमाडौं, भदौ २६ । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आज बिहान १० बजे नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गर्न खोजेको थियो। सोहि क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघले ढुंगा प्रहारमा उत्रेको हो ।

नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि सोही ढुंगा टिपेर क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो।

दुवै पक्षबीचको ढुंगा हानाहानमा उक्त क्षेत्र तनावग्रस्त बनेको छ । त्रिचन्द्र क्याम्पस हुँदै सञ्चालन हुने सवारी आवागमन पूर्णरुपमा निषेध गरिएको छ । तस्विरः मुकुन्द कालिकोटे/ Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot