Logo

रणवीर स्टारर फिल्म ब्रह्मास्त्रले नयाँ रेकर्ड राख्दै



एजेन्सी, २६ भदौ । रणवीर कपुर स्टारर फिल्म ब्रह्मास्त्रको चर्चा चलिरहेको छ । चर्को विरोधका बाबजुद पनि फिल्मले भारतमा ३६ करोड र विश्वभर ७५ करोडको कलेक्सन गरेको छ । दिल्लीमा सञ्चालित सबै शो लगभग हाउसफुल भएका भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

हलमा भिड भएर थिएटर सञ्चालकहरूले बिहान ६ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । यसैबीच, मुम्बईमा फिल्मको शोको समय बिहान ८ बजेबाट गरिएको छ। दर्शकहरूले यो चलचित्रलाई आइम्याक्स र थ्रिडीमा मात्र हेर्न चाहन्छन्। जसका कारण चलचित्रका प्रदर्शकहरुले साताको अन्त्यसम्म बिहानैदेखि प्रदर्शन सुरु गर्ने योजना बनाएका छन् ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार ब्रह्मास्त्रका एक प्रदर्शकले यो खबरको पुष्टि गरेका छन् । उनले शुक्रबार आइम्याक्स संस्करणका धेरै शो हाउसफुल भएको बताए । धेरै थिएटरहरूमा आइतवार शोहरू प्रि–बुकिङका कारण पूर्ण रूपमा बुक भइसकेका छन्। त्यसैले हामीले शोको संख्या बढाउने निर्णय गरेका छौं र धेरै शहरहरूमा बिहान ट बजे शो गर्ने निर्णय गरेका छौं।
प्रदर्शकले ब्रह्मास्त्रको भिएफएक्सको निकै प्रशंसा भइरहेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot