Logo

ब्रेकअप पछि सारा र कार्तिकसँगै देखिएपछि हगांमा



एजेन्सी, २७ भदौ । मुम्बईमा १० सेप्टेम्बरमा ओटीटी प्लेटले २०२२ अवार्ड आयोजना गरेको थियो । जसमा धेरै बलिउड स्टारहरूले भाग लिएका थिए। यो बेलाको एउटा भिडियो सार्वजनिक भएको छ ।

जसमा कार्तिक आर्यन–सारा अली खान सँगै देखिएका थिए । दुवै एक अर्कामा डुबेका देखिन्थे । यो भिडियोलाई कार्तिक र साराका फ्यानहरुले निकै मन पराइरहेका छन् । भिडियोमा कार्तिक कालो सूट र टाईमा निकै सुन्दर देखिएका छन् । उनले हातमा ट्रफी बोकेका छन् ।

अर्कोतर्फ, सारा अली खान सुनौलो अफ शोल्डर सेक्विन ड्रेसमा आश्चर्यजनक रूपमा ग्लैमरस देखिएकी छिन् । कार्तिक र सारा पहिलो पटक फिल्म ‘लभ आजकल २’ मा सँगै देखिएका थिए, त्यसपछि दुवै एकअर्काको नजिक आएका थिए ।

तर केही दिनमै उनीहरुको ब्रेकअपको खबरले हेडलाइन बनायो र दुबैले एकअर्कालाई इन्स्टाबाट अनफलो गरे । अहिले दुबैको यो भिडियो हेरेर फ्यानहरुले उनीहरुको प्याचअपको अनुमान लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot