Logo

कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा गौतम



काठमाडौं, २८ भदौ । कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा.बाबुराम गौतम नियुक्त भएका छन् ।

मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त पदमा दुई वर्षका लागि डा.गौतमलाई नियुक्त गरेको हो ।

सरकारले सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरेको छ । मानसिक अस्पताल पाटनको विकास समितिको अध्यक्षमा मधुकर तुलाधार नियुक्त भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot